राजनीति

ओलीलाई गणतन्त्र र संघीयता पचेन : माधव नेपाल 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन अनुरोध गरेका छन् । सोमबार सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाए । उनले भने, ‘शक्तिको मातले संविधानलाई टेरेनन्, विधिलाई कुल्चिए, नियम कानुनलाई टेरेनन्,  सबैभन्दा ज्ञान बुद्धि भएको व्यक्ति आफूलाई ठाने भने त्यो भन्दा विडम्बना अरु केही हुँदैन ।’

बिज्ञापन

समाजवादीकै नारा लगाएर प्रधानमन्त्री बनेपछि ओली शासक बनेको उनले आरोप लगाए । उनले भने, ‘हिजो उ (ओली) शक्शिाली थिएँ। समाजवादको नारा लगाएर अगाडि बढेको थियो । लोकतान्त्रिक समाजवादकै नारा लगाएर अगाडि बढेको थियो । जनताको मत लिएर उ प्रधानमन्त्री पनि बनेका थिए तर पछि गएर  शासक बने ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।