पाकिस्तानमा बाढीपहिरो : एक हजार ७०० भन्दा बढीको मृत्यु

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ। विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन्।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ।
पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
