जलवायु

कस्तो रहला आज दिनभरको मौसम ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको छ। 

यस्तै दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

बिज्ञापन

यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।