जलवायु

यी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  
महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

बिज्ञापन

बिहीवार काठमाडौं उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ ।

शुक्रवार पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीवार काठमाडौंको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।