रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पा । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्डअन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्रबाट बुधबार गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबाट झण्डै १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका–६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
