राष्ट्रिय समाचार

पल शाहले कारागारमै लगाए भाइटीका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तनहुँ: कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए। 

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो। 

बिज्ञापन

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ। तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ। (रासस)

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।