राजनीति

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिवार) बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घोषणापत्रलाई कांग्रेसले ‘संकल्प पत्र’ भनेको छ । 

तिहार अघि नै कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि तिहारपछिलाई सारिएको थियो । कांग्रेसले घोषणा निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।