अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि आक्रमण
लोक कल्याणकारी विज्ञापन

फ्रान्स । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उनको घरभित्रै पसेर आक्रमण भएको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए । उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका थिए ।
बिज्ञापन

पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ। आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
