बिश्व

रुसले युद्ध जितेमा चीन शक्तिशाली हुने नेटो महासचिवको भनाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनमा रुसको विजय भएमा चीन शक्तिशाली हुने बताएका छन् । 

पोलिटिको पत्रिकालाई अन्तर्वार्ता दिँदै स्टोल्टनबर्गले भने, ‘रुसले जितेमा युरोप र अमेरिका अनि पूरै नेटोका लागि खराब स्थिति आउनेछ किनकि त्यसले पुटिन मात्र नभई चीनका निरंकुश शासकहरूलाई पनि बल प्रयोग गरी आफ्नो लक्ष्य हासिल गर्न सकिने रहेछ भन्ने सन्देश जान्छ ।’

बिज्ञापन

‘त्यसैले नेटो साझेदारहरू सँगै उभिन र चीनको उदयले ल्याउने परिणामलाई सम्बोधन गर्न आवश्यक छ,’ उनले थपे, ‘अहिले हामी ठ्याक्कै त्यही गरिरहेका छौं ।’

नेटोले केही महिनाअघिको शिखर बैठकमा चीनलाई चुनौतीको संज्ञा दिएको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।