राजनीति

माओवादी प्रदेश १ को घोषणापत्र- ‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालयसम्म

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । केन्द्रको घोषणापत्र सार्वजनिक गर्नु एक दिनअघि माओवादीले प्रदेशको घोषणापत्र ल्याएको हो ।

संघीयताको कार्यान्वयन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय माओवादीको प्रतिबद्धतापत्रमा समेटिएका छन् । प्रदेश १ सभाको ९३ सदस्यी सदस्यमध्ये यहाँ प्रत्यक्षतर्फबाट ५६ जना चुनिन्छन् । गठबन्धनमा रहेको माओवादीले प्रत्यक्षतर्फ १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

बिज्ञापन

माओवादीको प्रतिबद्धतापत्रमा ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार , सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ उल्लेख छ । अबको ५ वर्षभित्र प्रदेश राजधानीको बाँकी भौतिक पूर्वाधार सबै सम्पन्न गर्ने उक्त पार्टीको प्रतिबद्धता छ ।

संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने , प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि माओवादीको छ । भनिएको छ ‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गरिनेछ ।’

‘एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने माओवादीको एजेण्डा छ ।

कृषि उत्पादनको व्यवसायीकरणलाई प्रोत्साहन गर्न १४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गर्ने, नगदेबाली, मौसमी बाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रूपमा विकास गर्ने साथै किसानलाई पेन्सन दिने योजना पनि माओवादीले अघि सारेको छ ।

प्रदेशको आर्थिक विकास, स्वास्थ्य पूर्वाधार, सडक पुल, खानेपानी सिँचाइ र ऊर्जा, सुशासन, सुशासन, सामाजिक सुरक्षा, पर्यटन तथा संस्कृति, खेलकुद तथा रोजगारीका विविध विषयलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।