राजनीति

६० कटेका उम्मेदवारलाई भोट नदिने दीपकराजको घोषणा, ‘र्‍याल काढ्ने नेता’ लाई नजिताउन अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चुनाव नजिकिँदै जाँदा यतिबेला धेरै कलाकारहरूलाई पनि राजनीतिको हावाले छोएको छ । केही कलाकार पार्टी नै प्रवेश गरेर राजनीतिमा अघि बढ्न खोजिरहेका छन् भने कोही सामाजिक सञ्जालमार्फत आफ्ना विचार अभिव्यक्त गर्दै धित मारिरहेका छन् ।

कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका अभिनेता दीपकराज गिरी बेलाबखत सामाजिक सञ्जालमा राजनीतिक स्टाटस लेखेर चर्चामा आउने गर्छन् । आज उनले लेखेको स्टाटसले पनि तीव्र प्रतिक्रिया जन्माएको छ । गिरीले स्टाटसमा ६० वर्षमाथिको उम्मेदवारलाई भोट नहाल्ने घोषणा गरेका छन् ।

बिज्ञापन

फेसबुकमा उनी लेख्छन्, ‘सबै फुल गुलाब हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैन । आफ्नो भोट खेर फाल्दिनँ । ६० कटेकालाई हाल्दै हाल्दिनँ ।’
दीपकराज काठमाडौंको क्षेत्र नम्बर ९ का मतदाता हुन् । सो क्षेत्रमा गठबन्धनबाट माओवादीकी कल्पना धमला उम्मेदवार छिन् भने एमालेले कृष्णगोपाल श्रेष्ठलाई उठाएको छ ।

यस्तै अर्का चर्चित उम्मेदवारमा विवेकशील–साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डे छन् । उमेरको हिसाब गर्दा श्रेष्ठ ६० वर्ष कटिसकेका छन् भने धमला र पाण्डे ६० मुनिका हुन् । गिरि आफ्नो घोषणामा अडिक रहे भने एमालेले उनको भोट पाउने सम्भावना अन्त्य भएको छ ।

आखिर ६० कटेकासँग उनलाई विरक्ति किन त ? के उम्मेदवारको उमेरलाई नै छनोटको मुख्य मापदण्ड बनाउनु ठिक हो ? यो प्रश्न हामीले गिरिलाई सोध्यौँ । उनले नेपालको सन्दर्भमा उमेर खाएकाहरूको कार्यसम्पादन कमजोर रहेको तर्क प्रस्तुत गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै उदाहरण दिए ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुति कस्तो थियो सम्झिऊँ न । एउटै आसन मोदी शान्त, स्थिर र ध्यानमग्न दिए भने देउवा छटपटाइरहेका र ¥याल काढिरहेका थिए । बुढा नेताहरूमा काम गर्ने ऊर्जा नहुने मात्रै होइन, उनीहरूले देशकै बेइज्जतीसमेत गर्छन् । त्यसैले ६० नाघेकालाई कार्यकारी भूमिकाबाट बिदा गर्नु राम्रो हुन्छ ।’

यद्यपि, उमेर मात्रै उम्मेदवार चयनको आधार नहुनेमा दीपकराज सहमत छन् । उमेरले युवा हुनुका साथ काम गर्ने जोस जाँगर तथा क्षमता रहेकाले मतदाताले छान्न उनको अपिल छ ।
‘स्वतन्त्र भनेर मात्र पनि हुँदैन । सबैले स्वतन्त्र सक्षम नै हुन्छन् भन्ने छैन,’ गिरिले भने, ‘त्यसैले उमेर सँगसँगै उनीहरूको क्षमता पनि हेरेर भोट दिन्छु,’ गिरिले भने ।

यदि राजनीतिमा ६० काटेकालाई बिदा गर्नुपर्ने कुरा गरेजस्तै कलाकारितामा पनि यही सिद्धान्त उनी स्विकार्लान् रु गिरिले कलाकारका रूपमा काम गर्न उमेरले नछेक्ने भए पनि निर्माता–निर्देशकका रूपमा भने ६० कटेकाहरूले काम गर्न नहुने बताए ।

अलि विरोध भाषी कुरा गर्दै उनले भने, ‘हलिउडमा ६० कटेका हिरो धेरै हुन्छन्, तर नेपालमा चाहिँ खादा ओढेर, लाइफ टाइम अचिभमेन्ट अवार्ड लिएर बस्छन् । मेरो नजरमा हरिवंश आचार्य मात्रै एक अपवाद हुन् ।’

अहिले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ ट्रेन्ड भइरहेका छन् । तर, यसमा पनि दीपकराजको सहमति छैन । यसले एक पटक जिम्मेवारीमा पुगेर सफल भएको नेतालाई अन्याय हुने उनको टिप्पणी छ ।

‘विगतमा चुनाव जितेका सबैलाई एउटै डालोमा हालेर उनीहरूलाई फेरि नदोहोर्‍याउँ भन्नु सही सन्देश होइन,’ गिरिले थपे, ‘जसले जनताको भोट पाएपछि त्यसको सदुपयोग गर्दै राम्रो काम गरेर देखाएका छन्, उनीहरू दोहोरिँदा आपत्तिजनक हुँदैन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।