रोल्पामा लडेर एकको मृत्यु

रुकुमपूर्व, कात्तिक १५ गते । गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
घरायसी कामले गाउँमा गई फर्किने क्रममा बाटो भन्दा लडेर करिब १५० मिटर तल खसेको अवस्थामा रानाको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयअनुसार तिहारदेखि नै मृतकले अत्यधिक मदिरा सेवन गर्दै आएकाले उनी बाटोबाट खसेको हुन सक्ने अनुमान छ । मृतकको शवलाई पोष्टमार्टमका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
