राजनीति

ओलीकाे दावी- एमालेबाहेक अरु राष्ट्रिय शक्ति हुनै सक्दैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । एमालेको एकल बहुमत नआएमा देशमा दुर्भाग्य हुने समेत उनले चेतावनी दिए ।

बुधबार काठमाडौं–१ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने समेत दावी गरेका छन् । ओलीले भने, ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ ।’

बिज्ञापन

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ ।’

ओलीले आगामी निर्वाचन राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको टिप्पणी गर्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्न आह्वान गरे । उनले भने, ‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दैछन् । उनीहरूलाई लाज छैन । अहिलेको सरकार प्रतिगमनको फल हो र यो असंवैधानिक हो ।’

एमालेले काठमाडौं–१ मा किरण पौडेललाई उम्मेदवार बनाएको छ । ओलीले बुधबार चुनावी प्रचारप्रसारमा सहभागी हुनअघि त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका थिए ।

एमाले नेता पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।