राजनीति

देशको परिवर्तन एमालेबाट मात्रै सम्भव भन्दै अछामका स्वतन्त्र उम्मेदवार बोगटी एमाले प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१९ कार्तिक, अछाम । अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गर्नुभएको छ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताउनुभयो । उहाँले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । उहाँले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गर्नुभयो ।

बिज्ञापन

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताउनुभयो । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताउनुभयो ।

परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गर्नुभएको थियो । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वत्रन्त्र उम्मेदवार राधिका भुजेल, नेकपा एमाले अनुसाशन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित हुनुहुन्थ्यो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।