बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी
लोक कल्याणकारी विज्ञापन

धनगढी: बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

