कमला नदीमा भूत मेला : धामीझाँक्रीको भिड

जनकपुरधाम । सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीमा मंगलबार बिहान अनौठो मेला लागेको छ । टाढासम्मका गाउँबाट धामी, भगता र सर्वसधारण गरी लाखौं मानिस कमला नदी पुगेर स्नान गरेका हुन् । नदीमा स्थान गर्न पूर्व र पश्चिम दुवैतिर जताततै स्थान गर्नेहरुको एकाविहानैदेखि घुइँचो देखिएको छ ।
कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने र पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ । कोही धामीझाँक्री बन्ने विश्वासका साथ देउता खैल्दै स्नान गर्छन् भने कोही पापबाट मुक्ति पाउन । गंगा मानेर कमला नदीमा स्नान गरी पूजापाठ गर्दा ‘कमलेस्वरी देवी’ ले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने धामीहरू बताउँछन् ।

प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने यो मेलालाई ‘भूत’ मेला पनि भन्ने गरिएपनि यहाँ तन्त्रमन्त्र सिद्धिका लागि धामीझाँक्रीको भिड लाग्छ । कुलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भन्ने चलन छ । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
