राजनीति

युवा उम्मेदवारप्रति मतदाताको आकर्षण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाल्पाको रामपुर नगरपालिका–६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरैपटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशैआशले मतदान गर्दैआए पनि आफूले दिएको मतको कदर नभएकामा उनी गुनासो गर्छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दिनहुँजसो घरघरमा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी योजना लिएर पुगेका छन् तर देशमा सक्षम र योग्य व्यक्ति नेतृत्वमा नआउँदा नागरिकले अनायासै दुःख र कष्ट भोग्नुपरेकामा न्यौपाने चिन्तित छन् ।

बिज्ञापन

ठूला आश्वासन दिने तर सत्तामा पुगेपछि विकासमा चासो नदिँदा देशको विकास अझ पछि धकेलिन्छ कि भन्ने चिन्ताले पिरोलिनुपरेको गुनासो गर्दै उनी चुनाव जितेर सत्तामा पुग्ने नेताले देशको विकास गर्न नसकेकोमा रुष्ट छन् । 

देशको परिवर्तनका लागि युवा जनशक्ति नै नेतृत्वमा आउनुपर्नेमा जोड दिएका ज्येष्ठ नागरिक न्यौपाने भन्छन्, ‘देश र जनताको भावनाअनुसार काम गर्ने युवा नेताको खाँचो छ, देशमा रोजगार नहुँदा अहिले युवा जनशक्ति सबै विदेश पलायन भएका छन्, घरमा उमेर ढल्कदै गएका अभिभावक परदेशिएका छोराछोरीलाई सम्झदै एक्लै बस्न बाध्य छन्, विदेश जाने युवालाई रोक्न र स्वदेशमै स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।’

पञ्चायतकालमा कोरिएका विकासका रेखा नै अहिले पनि यथावत रहेको हुँदा चुनाव आउँदा धेरै विकास गर्छौं भन्ने तर पछि गाउँ नफर्कने नेताको प्रवृत्तिप्रति उनी असन्तुष्ट छन् ।

‘मुलुकमा व्यवस्था बदलियो, राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर विकासको अनुभूति भएन,’ न्यौपाने भन्छन्, ‘पहिले नै बनेका विकासका खाकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन, दीर्घकालीन रूपमा विकास गर्ने विकासप्रेमी युवा नेतृत्वमा आउनुपर्छ, पाका नेतृत्वले देशमा परिवर्तन आएन ।’
 
देश परिवर्तन युवाले गर्ने र युवासँग नयाँ जोश जाँगर र नयाँ विकास निर्माणका योजना आउने उनी बताउँछन् । पाका पुस्तासँग सल्लाह लिएर युवाले नेतृत्व गरेमा देशले फड्को मार्ने ज्येष्ठ नागरिक न्यौपानेको बुझाइ छ ।
 
ठूला आश्वासन मात्र दिनुभन्दा गाउँका सामान्य आधारभूत समस्या समाधान गर्ने नेतृत्व भए छोरा नातिले हामीले जस्तो स–साना कुरामा पनि दुःख भोग्नु नपर्ने अर्का ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउँछन्  ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।