राजनीति

विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ।

नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए।

बिज्ञापन

उनीहरूसँग आफूले आइतबार वार्ता गरेको मन्त्री खाणको भनाइ छ।

मंगलबार रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जेलमा रहेका त्यस पार्टीका कार्यकर्तालाई प्रक्रिया मिलाएर छोड्ने विषयमा छलफल भएको खाणले बताए।

‘पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरूलाई छोडिसकेकामा अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने।

नेकपाका कार्यकर्ताले मतदानमा भाग लिन चाहेमा प्रशासनले कुनै धरपकड नगर्ने प्रतिवद्धता खाणले  गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।