कृषि

भारतले दियो धान निर्यातमा छुट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंः भारतले नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क हटाउने भएको छ। भारतको राजस्व विभागले नेपाल निर्यात हुने ६ लाख टन धानमा छुट दिने जनाएको हो। 

यसले नेपाललाई केही हदसम्म राहत पुग्ने भन्सार विभागले बताएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले छुट दिएको हो। ६ लाख टनभन्दा बढी ल्याउँदा भने २० प्रतिशत नै शुल्क लाग्नेछ। कनिका, गहुँमा भने भारतले प्रतिबन्ध कायमै राखेको छ।

बिज्ञापन

‘भारतले गत भदौमा धान, चामल निर्यातमा कडाइ गरेपछि नेपाल सरकारले सो वस्तुमा भन्सार नलगाइदिन गरेको थियो’, उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, ‘अहिले सम्बोधन भयो।’ उद्योग मन्त्रालयले असोजमा भन्सार छुट गर्न अनुरोध गरेको उनले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।