राजनीति

प्रचण्डले आज कर्णालीका चुनावी सभालाई सम्बोधन गर्दै

बिज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

बिज्ञापन

उनले आज मंगलबार कर्णालीका जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरू चुनावी प्रचार-प्रसारमा व्यस्त रहेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आज चुनावी प्रचारका लागि सुदूरपश्चिममा नै छन् ।

उनले आज त्यहाँका बागी उम्मेदवारलाई फकाउने तथा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन