भूकम्प प्रभावितलाई तत्कार राहत तथा उद्दारको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन
लोक कल्याणकारी विज्ञापन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डोटीलाई केन्द्रविन्दु बनाएर मंगलवार मध्यरातमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूलाई तत्काल राहत तथा उद्दारमा खटिन निर्देशन दिएका छन् ।
डोटीमा भूकम्पले ८ घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
बिज्ञापन

प्रधानमन्त्री देउवाले बुधवार बिहान घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न समेत निर्देशन दिएका छन् ।
उनले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
