घटना

प्रहरीले नष्ट गर्यो झन्डै २९ हजार लिटर अवैध मदिरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंका विभिन्न ठाउँबाट बरामद गरिएका २९ हजार लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले २८ हजार ८८३ लिटर मदिरा नष्ट गरेको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरेको हो। 

बिज्ञापन

चुनाव नजिकिएसँगै प्रहरीले अवैध तरिकाले बनेका मदिरा नष्ट गर्न थालेको परिसर प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

मदिरा सेवनका कारण सवारीसाधन दुर्घटना हुने, झगडा, घरेलु हिंसा, हत्या लगायतका घटनाहरू हुने गरेको भन्दै प्रहरीले विभिन्न ठाउँमा खोजी गरी मदिरा बरामद गरेको हो। 

प्रहरीले योसँगै मापसे नगर्न र मापसे गरी सवारीसाधन नचलाउन अनुरोध गरेको छ।

मापसेपछि घरेलु हिंसा, झगडा, हत्या लगायतका आपराधिक घटना हुनेभएकाले सचेत बन्न र आफूसँगै परिवार समेतलाई जोगाउन परिसरको अनुरोध छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।