घटना

प्रहरीले नष्ट गर्यो झन्डै २९ हजार लिटर अवैध मदिरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंका विभिन्न ठाउँबाट बरामद गरिएका २९ हजार लिटर अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। 

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले २८ हजार ८८३ लिटर मदिरा नष्ट गरेको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरेको हो। 

लोक कल्याणकारी विज्ञापन

चुनाव नजिकिएसँगै प्रहरीले अवैध तरिकाले बनेका मदिरा नष्ट गर्न थालेको परिसर प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बिज्ञापन

मदिरा सेवनका कारण सवारीसाधन दुर्घटना हुने, झगडा, घरेलु हिंसा, हत्या लगायतका घटनाहरू हुने गरेको भन्दै प्रहरीले विभिन्न ठाउँमा खोजी गरी मदिरा बरामद गरेको हो। 

प्रहरीले योसँगै मापसे नगर्न र मापसे गरी सवारीसाधन नचलाउन अनुरोध गरेको छ।

मापसेपछि घरेलु हिंसा, झगडा, हत्या लगायतका आपराधिक घटना हुनेभएकाले सचेत बन्न र आफूसँगै परिवार समेतलाई जोगाउन परिसरको अनुरोध छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन