अधवैंशे पुरुषले नाइलनको डोरीको पासो लगाए
लोक कल्याणकारी विज्ञापन

काठमाडौंको भित्रि सहरस्थित एउटा घरको तेस्रो तल्लामा अधवैंशे पुरुष मृत फेला परेका छन् । चिकांमगलमा रहेको राकेश शाक्यको घरको तेस्रो तल्लामा भाडमा बस्दै आएका मकवानपुरका पुरुष झुण्डिएका हुन् ।
थाहा नगरपालिका वडा नम्बर ८, बाहुनगाउँका अन्दाजी ३४ वर्षका अर्जुन सापकोटा कोठाको सिलिंगमा रहेको फलामे अंकुशेमा नाइलनको डोरी लगाएर झुण्डिएका हुन् । शवलाई जनसेवा प्रहरी वृत्तबाट खटिएको टोलीले पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको बताइन्छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
