National Election

समानुपातिकमा घण्टीले कटायो साढे १० लाख मत, माओवादी चौथो

बिज्ञापन

काठमाडौं । पहिलो पटक निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनाअनुसार रास्वपाले १० लाख ६५ हजार ४४१ मत पाएको छ ।

बिज्ञापन

समानुपातिक तर्फ ठुलो दल मानिएका र सत्ता गठबन्धनसहित निर्वाचनमा होमिएको माओवादी केन्द्रलाई समेत पछि पार्दै रास्वपा तोस्रो स्थानमा छ । नेकपा एमालेले २५ लाख २२ हजार ५५३ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८८ हजार ९२२ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख ५४ हजार ३५१ मत पाएर चौथो भएको छ । जारी मतगणनाअनुसार सोमबार बिहान सर्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय ज्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार २४४ मत ल्याएर पाचौं स्थानमा रहेको छ

बिज्ञापन