समानुपातिकमा घण्टीले कटायो साढे १० लाख मत, माओवादी चौथो

काठमाडौं । पहिलो पटक निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनाअनुसार रास्वपाले १० लाख ६५ हजार ४४१ मत पाएको छ ।
समानुपातिक तर्फ ठुलो दल मानिएका र सत्ता गठबन्धनसहित निर्वाचनमा होमिएको माओवादी केन्द्रलाई समेत पछि पार्दै रास्वपा तोस्रो स्थानमा छ । नेकपा एमालेले २५ लाख २२ हजार ५५३ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८८ हजार ९२२ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख ५४ हजार ३५१ मत पाएर चौथो भएको छ । जारी मतगणनाअनुसार सोमबार बिहान सर्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय ज्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार २४४ मत ल्याएर पाचौं स्थानमा रहेको छ
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
