घटना

दार्चुलामा भोट हाल्न गएका नरसिंहको यसरी भएको थियो हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : मंसिर ४ गते चुनावका दिन दार्चुलामा एक युवक मृत भेटिए। जिल्लाको ब्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन्।

उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। मृत भेटिएका विष्टको शरीरमा चोटपटक लागेको थियो। विष्टका आफन्तले हत्या भएको आशंका गरेपछि प्रहरी थप चनाखो भएर यस घटनाको अनुसन्धानमा जुटेको थियो।

बिज्ञापन

दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट मंसिर २ गते संसदीय चुनावमा भोट हाल्न भनेर घर (ब्यास गाउँपालिका ४ डोकट) तर्फ गएका थिए। तर, ३ मंसिरको रातिसम्म पनि उनी घर पुगेनन्।

उनी ४ गते मतदान गर्नका लागि घर जादैँ थिए। उनको (मंसिर ३) त्यही राति हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल पुगेको थियो।

आज (सोमबार) प्रहरीले अनुसन्धान सकिएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले हत्या प्रकरणको अनुसन्धान सकिएको भन्दै अभियुक्त पनि सार्वजनिक गरेको छ।

नरसिंहको हत्या आरोपमा स्थानीय २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेर दार्चुला प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार दीपकलाई आजै जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ७ दिनको म्याद थप पनि गरिएको छ।

‘मंसिर ३ गते राति १० बजेको समयमा दार्चुला-तिंकर सडकमा दुबै जना (दीपक र नरसिंह) मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका रहेछन्, उनीहरुबीच आपसमा विवाद भएपछि दीपकले नरसिंहको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक शाहीले भने।

दीपकले हत्यापश्चात् नरसिंहको शवलाई २ सय मिटर टाढा खोलामा फालेर ढुंगाले च्यापेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। भोलिपल्ट उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटाएको थियो। उनी दार्चुला सदरमुकाम खलंगामा विगत १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए।

उनकी श्रीमति र ४ जना नाबालक छोरीसमेत छन्। मंसिर ३ गते राति ८ बजेको व्यास गाउँपालिका ४ डोबस्थित गोदार खोलामा चोटपटक लागेर ढुंगाले च्यापेको अवस्थामा मृत फेला परेको सूचनापछि प्रहरीले घटनास्थलमा गएर अनुसन्धान सुरु गरेको थियो।

हत्या आरोपमा प्रकाउ परेका आरोपित पनि उनकै गाउँले हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।