राष्ट्रिय समाचार

स्थानीय प्रतिकारमा उत्रेपछि थापाथली सुकुम्बासीबाट फिर्ता भयो महानगरको डोजर

बिज्ञापन

काठमाडौं । स्थानीयबासी प्रतिकारमा उत्रेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लिएर पुगेको प्रहरी फिर्ता भएको छ ।

बिज्ञापन

आज पौने ३ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउन नेपाल प्रहरी, नगर प्रहरी एवम् सशस्त्र प्रहरी डोजरसहित पुगेका थिए । कुनै पनि हालतमा डोजर चलाउन नदिने भन्दै सुकुम्बासीहरुले ढुंगामुढा गर्दै, टायर बाल्दै आन्दोलनमा उत्रिएका थिए । त्यसपछि प्रहरीले डोजर फिर्ता गरेको हो ।

बिज्ञापन