National Election

सुनसरी ४ : मतगणना तत्काल सुरु नगरे सडकमा जाने एमालेको चेतावनी

बिज्ञापन

विराटनगर :  सनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरे सडक आन्दोलन गर्ने  एमालेले चेतावनी दिएको छ।

बिज्ञापन

क्षेत्र नम्बर ४ का एमालेका प्रतिनिधिसभाका उम्मेद्धार जगदिश कुसियैतले पत्रकार सम्मेलनको अयोजना गर्दै  रोकिएको मतगणना तत्काल सुरु गर्नसमेत माग गरेका हुन्।

तत्काल कुनै निर्णय नभए सडक आन्दोलन  सुरु गर्ने बताउँदै उनले  समय  जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ थियो।

 “आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ। , उने भने ,‘हामी सडक संघर्ष पनि गर्नेछौँ। वार्ता पनि गर्छौँ।”

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताए।

कांग्रेस उम्मेदवार रहेका संघीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि शनिवार विवाद सुरु भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै अनिस्चितकालका लागि मतगणना रोकिएको भन्दै सूचना निकालेका थिए।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कार्कीले २३‚४३९  मत ल्याउँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३‚३४१ मत ल्याएका छन्।

बिज्ञापन