राष्ट्रिय निर्वाचन

चुनावी समीक्षा गर्न नेकपा एसको सचिवालय बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

११ बजेबाट सुरु भएको बैठकमा चुनावी समीक्षा, सरकार निर्माणमा पार्टीको भूमिका, आगामी कदमलगायतको विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

बिज्ञापन

सत्ता गठबन्धनबाट चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षतर्फ १० सीट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना कमजोर देखिएको छ ।

समाजवादीका तर्फबाट चुनाव लडेका सम्मानित नेता झलनाथ खनालसहित जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीलगायतले चुनाव हारेपछि गठबन्धनमा धोखा भएको नेताहरुले आरोप लगाउँदै आएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।