राष्ट्रिय समाचार

भीम रावललाई बालेनको जवाफ : तपाईंहरूलाई जस्तो विदेशीसँग माग्ने रहर छैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ : काठमाडौँ नगरप्रमुख बालेन साहले नेकपा एमालेका नेता डा. भीम रावललाई कडा जवाफ दिएका छन्। उनले रावललाई जवाफ दिँदै तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन भन्दै जवाफ फर्काएका छन्।

काठमाडौँ महानगरका मेयर बालेन साहले अमेरिकी राजदूत भेटेको विषयमा रावलले प्रश्न उठाएका थिए। उनले ट्वीट गर्दै अमेरिकी राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए। 

बिज्ञापन

नगरप्रमुख बालेनले अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेको र परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र भेटेको पनि स्पष्ट पारेका छन्।

बालेनले अमेरिकी राजदूत आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको बताउँदै आफूहरू चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटीपौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएको खुलासा गरेका छन्।

एमसीसीमार्फत विदेशीलाई विद्युत् बेच्ने भन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेको पनि बालेन स्पष्ट पारेका छन्।

नेता रावलले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न भन्दै उक्त भेटप्रति आपत्ति प्रकट गरेका थिए। ​मेयर साह र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।