राष्ट्रिय निर्वाचन

स्याङ्जा–२ मा अग्रता बढाउँदै कांग्रेसका धनराज गुरुङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लैजानुभएको छ। गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि हुनुहुन्छ। 

बिज्ञापन

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याउनुभएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको छ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ। अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ ९२० मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लैजानुभएको छ। चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि हुनुहुन्छ। 

भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याउनुभएको छ।रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।