सातामा १३ सयले बढ्यो सुनको मूल्य

मंसिर १७– नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो ।
यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
