अर्थ

बिहेको सिजनमा सुनको भाउ एक लाख नजिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बिबाहको महिनाको रुपमा लिइने मंसिरमा सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिज्ञापन

यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।