इन्द्रचोकमा चिनियाँबीच झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । हिजो बेलुका इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । सो क्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए । ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको छ । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु हान्ने फेङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
