स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

तेहरान । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँच जनालाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मंगलबार जनाएको छ ।
पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ ।

अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएका छन् । निर्णयहरू अझै अन्तिम नभएका र यस कारण दोषीहरूले पुनरावेदन खोज्न सक्ने उनले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
