नेता रावलले भने ‘संसद सचिवालयको पत्र बेथिति र विकृतिको पराकाष्ठा’

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको बताएका छन् ।
नेता रावलले राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुरा बताएका हुन् । त्यसको जिम्मेवारी देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, “उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्टा हो, यसको देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनु पर्दैन र ?”

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
