नेता रावलले भने ‘संसद सचिवालयको पत्र बेथिति र विकृतिको पराकाष्ठा’
लोक कल्याणकारी विज्ञापन

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको बताएका छन् ।
लोक कल्याणकारी विज्ञापन

नेता रावलले राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुरा बताएका हुन् । त्यसको जिम्मेवारी देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, “उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्टा हो, यसको देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनु पर्दैन र ?”
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

