राजनीति

लुम्बिनीमा निर्णायक भूमिकामा उन्मुक्ति र जनमत

बिज्ञापन

बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि दलको बहुमत नपुग्दा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे निश्चित हुन सकेको छैन । निर्वाचनको परिणाम आइसकेको अवस्थामा पनि कसैको बहुमत नपुग्दा लुम्बिनीमा सरकार गठन गर्ने सम्बन्धनमा सत्ता गठबन्धन र एमाले आ–आफ्नै तरिकाले अन्य दलसँ समीकरण गर्न छलफलमा जुटेका छन् ।

बिज्ञापन

लुम्बिनीमा एमालेका प्रत्यक्षबाट १८ र समानुपातिकतर्फ ११ गरी २९ जना सांसद छन् । यस्तै, कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १० गरी २७ जना पुग्दा नेकपा माओवादी केन्द्रका प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ४ गरी ९ जना पुगेका छन् ।

यस्तै, प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी राप्रपाका ४ जना प्रदेश सांसद पुगेका छन् भने नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी ४ जना पुगेका छन् ।

बिज्ञापन