राजनीति

सरकार तथा समानुपातिकको विषयमा टुङ्गो लगाउन जनमत पार्टीको बैठक बस्दै

बिज्ञापन

मंसिर २२– जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बिज्ञापन

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।

जनमत पार्टीले सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । तर जनता पार्टीले सशर्त सहयोग गर्ने भएको छ । ती शर्तहरु के के हुन् त्यसको बारे पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । जसपाका अध्यक्ष डा.सिके राउतले पनि सरकार निर्माणका लागि सरकारलाई सहयोग गर्ने सहमत भएको तर अन्य कुराहरु टुग्यांउन बाँकी रहेको भन्दै आएका छन् । ती विषयमा पनि आजको बैठकमा छलफल हुने जनमत पार्टीका एक नेताले बताए ।

यो चुनावमा जनमत पार्टीलाई सहयोग गरेका मतदातालगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद पनि दिइने छ।

बिज्ञापन