स्वास्थ तथा सरसफाइ

चिसोमा हिटर र मकल बाल्दा बिर्सेर पनि नगर्नुस यी गल्ती

बिज्ञापन

काठमाडौं । चिसो मौसममा कोठालाई न्यायो बनाउन विधुतिय हिटर र मकलको प्रयोग गर्ने गरिन्छ । यसरी कोठा न्यानो बनाउन प्रयोग गरिने मकल र हिटरको प्रयोग गर्दा विशेष ध्यान पुर्याउनु आवश्यक हुन्छ ।

बिज्ञापन

हिटरले न्यायो पार्ने काम त गर्छ नै साथ साथै त्यसले बेफाइदा पनि गर्छ । विशेषगरी हिटरले बच्चा र वृद्धवृद्धालाई असर गर्दछ । कोठा बन्द गरेर हिटर बाल्दा कोठाको अक्सीजन बल्छ र श्वास फेर्न गाह्रो हुन्छ । जसबाट ज्यान गुमाउने समेत जोखिम हुन्छ ।

कोठा न्यानो पार्ने बाहानामा प्रयोग गरिएका यी चिजहरुको प्रयोगमा लापरवाही गरिए मानिसको ज्यान समेत जान सक्छ । हिटर र मकल बालेर आवश्यक ध्यान पुराउन नसक्दा चिसो मौसममा धेरैको ज्यान गएका उदाहरण हामी सामु प्रसस्तै छन् ।

हिटरमात्र होइन जाडोमा न्यानो बनाउन आगो बाल्दा, ब्रिकेट बाल्दा झ्याल ढोका बन्द गरेर बाल्नु हुँदैन । कोठाभित्र प्रसस्त मात्रामा अक्सिजन छिर्न मिन्ने हुनु आवश्य हुन्छ । त्यसैले हिटर,आगो, ब्रिकेट लगायत बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । पूर्व सावधानीले नै दुर्घटनाबाट जोगाउँछ ।

विद्युतीय हिटरको अत्याधिक प्रयोगले पनि विभिन्न खतरा समेत निम्त्याउन सक्छ । अझ स्वासप्रश्वासको समस्या भएका मानिसले हिटरको प्रयोग गर्दा धेरै नै ध्यान दिनुपर्छ । अथवा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्किकाअनुसार स्वासप्रश्वाससम्बन्धी धेरै नै समस्या भएका बिरामीले हिटरको प्रयोग गर्नु त्यति फाइदाजनक मानिदैन ।

धेरै जस्तो हिटरहरुमा रातो र तातो धातुको डन्डी प्रयोग गरिएको हुन्छ । कोठाको तापक्रम बढाउनका लागी हिटरले तातो हावा बाहिर फाल्ने काम गर्दछ । तातो हावाले कोठामा रहेको चिसो हावालाई तातो हावामा परिणत गर्छ । हिटरबाट निस्कने तातो हावा सुख्खा हुने गर्दछ । साथै यी रुम हिटरहरुले हावामा रहेको अक्सीजनलाई जलाउने काम गर्दछ ।

हिटरबाट निस्कने हावाले हाम्रो शरीरको छालालाई डिहाइड्रेट गर्दछ । हिटरको कारणले धेरै मानिसलाई निद्रा नलाग्ने, टाउको दुख्ने समस्या देखा पर्दछ । हिटरको धेरै प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्याहरु पनि देखा पर्दछन् । हिटरबाट निस्केको केमिकलले हाम्रो श्वासको माध्यम हुदै हाम्रो शरीरभित्र प्रवेश गर्दछ । जसका कारण हाम्रो शरीरको भित्री भागमा यसले नोक्सान पुर्‍याउँछ । विशेषगरी यसले आस्थमा हुने वा एलर्जी समेत हुने गर्दछ ।

दम रोगका बिरामीहरुलाई हिटर बालेर बस्दा सबैभन्दा धेरै खतरा हुने गर्दछ । यदि तपाईमा श्वासप्रवासको समस्या छ भने हिटरबाट टाढा नै रहनु राम्रो मानिने चिकित्सकको सुझाव छ । यस बाहेक ब्रोन्काइटिस र पिनासका बिरामीहरुलाई यसले एलर्जी हुन सक्छ । यस्ता बिरामीहरुमा हिटरको हावाबाट फोक्सोमा कफ बन्न थाल्छ र खोकी र हाँछ्यु आउन थाल्छ ।

चिकित्सकका अनुसार यदि तपाईमा दम र एलर्जीको समस्या छ भने साधारण हिटरको ठाउँमा मट्टीतेल वाला हिटरको प्रयोग गर्नुपर्छ । यो हिटरमा तेलले भरिएको पाइप हुन्छ जसले गर्दा हावालाई सुख्खा हुन दिदैन । यदि हिटरको दिनहु प्रयोग गर्नुहुन्छ भने थोरै समयका लागी प्रयोग गरी हिटरलाई बन्द गर्नुहोस् । हिटरको धेरै प्रयोग गर्नाले बच्चाहरुमा पनि दमको समस्या देखा पर्न सक्छ ।

यति मात्र नभई दैनिक हिटरको प्रयोगले खोकी लाग्ने , छाती दुख्ने छटपटी हुने र फोक्सोमा समेत यसले असर पुर्‍याउँछ ।

बिज्ञापन