खेलकुद

स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ, ११९ रनमा अलआउट

बिज्ञापन

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियामा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध कमजोर ब्याटिङ गरेको छ ।

बिज्ञापन

टस जितेर ब्याटिङ थालेको नेपालले ३५ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय १९ रन जोड्यो । नेपालका ४ जना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । कप्तान रोहित पौडेलले ४७, सोमपाल कामीले १६, ललित राजबंशीले ११ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आसिफ शेख १, ज्ञानेन्द्र मल्ल ९, आरिफ शेख ६ रनमा आउट हुँदा विकेटकिपर अर्जुन साउदले खाता खोल्न सकेनन् ।

खराब सुरूवातपछि सम्हालिने प्रयास गरेको नेपाल ५९-३ को स्थितिमा पुगेको थियो । तर, सोही अवस्थामा दीपेन्द्रसिंह ऐरी चौथो विकेटका रूपमा आउट भएपछि नेपालको संकट चर्किएको थियो ।

शृंखलाअन्तर्गत पहिलो खेल वर्षाका कारण रद्ध भएपछि नामिबियासँग अंक बाँढेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा बुधबार नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

बिज्ञापन