राष्ट्रिय समाचार

खानेपानीको विद्युत् महसुल घटाइनेछ : मन्त्री चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीमा प्रयोग हुने विद्युतको महसुल घटाइने बताएका छन् । उनले उज्यालो नेपालको सातौँ वार्षिक साधारणसभालाई काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै उनले मन्त्रालयले खानेपानीको विद्युत् महसुल घटाउन प्रयासरत रहेको जानकारी दिए । 

‘खानेपानीको विद्युत् महसुल सकभर निःशुल्क, नसके अहिलेको भन्दा घटाइन्छ’, मन्त्री चौधरीले भने, ‘सिँचाइको भन्दा कम विद्युत् महसुलका लागि प्रयासरत छु ।’ उनले निकै क्षेत्रबाट खानेपानीमा विद्युत् महसुल घटाउन मन्त्रालयमा प्रस्ताव आइरहेको बताए । 

बिज्ञापन

मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडका पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सतह घट्दै गएकाले खानेपानीको व्यवथापन गर्न निकै गाह्रो भइरहेको बताए । ‘यसकारण मैले हिमाल र पहाडमा मूल फुटाउ अभियान शुरु गरेको हुँ, पोखरी खनेर वा मूल फुटाउने उपाय गरेर खानेपानी समस्या टार्न सकिन्छ’, उनले भने । 

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले कतिपय स्थानमा खानेपानीको स्रोत नहुँदा सबैलाई पु¥याउन नसकिएकाले थप अध्ययन भइरहेको तर स्रोत भएको स्थानमा सरकारको ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी भएको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।