राष्ट्रिय समाचार

‘राणालाई निलम्बन फुकुवाको पत्र दिनु राजद्रोह हो’

बिज्ञापन

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र निलम्बन फुकुवा गर्न पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच जालसाजीपूर्ण मिलेमतो रहेको बताएका छन् ।

बिज्ञापन

शुक्रबार संसदका महासचिव गौतमले राणालाई थमाएको निलम्बन फुकुवाको पत्रविरुद्ध रिटमाथिको बहसमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । बरिष्ठ अधिवक्ता थापाले भने, ‘राणा र गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो देखिन्छ । पहिल्यैलदेखि साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ ?’

उनले राणालाई निलम्बन फुकुवाको पत्र दिनु ‘राजद्रोह’को संज्ञा दिँदै भने, ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’

बिज्ञापन