प्रदेशतर्फको समानुपातिक सांसदको टुंगो लगाउन नेकपा एसको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ औँ पूर्ण बैठक बसेको हो।
बैठकमा निर्वाचनको समीक्षासहित प्रदेश सभा अन्तर्गत समानुपातिकमा पठाउने नामहरूको टुंगो लगाउने साथै पार्टीको समसामयिक विषयमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल सहित केन्द्रीय उपाध्यक्षहरू सहितका नेताहरूको सहभागिता रहेको छ ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न सकेन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
