खेलकुद

पराजयपछि ब्राजिलका राष्ट्रपति जैरले भने- मेरो आत्मा दुखिरहेको छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ब्राजिलिया । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् ।

बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा निर्वाचनको परिणामबारे कुनैप्रतिक्रिया दिएका थिएनन् ।

बिज्ञापन

‘म लगभग ४० दिनदेखि मौन छु । यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुखिरहेको छ । यद्पि म सधैं खुसी हुने व्यक्ति हुँ’ उनले भनेका छन् ।

उनको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन समेत गरेका थिए । बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।