सेती नदीमा बगेर युवकको मृत्यु

धनगढी : डोटीस्थित सेती नदीमा बगेर एक युवकको ज्यान गएको छ। जिल्लाको शिखर नगरपालिका-२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार शनिबार दिउँसो करिब २ बजेको समयमा उनको नदीमा शव फेला परेको हो। स्थानीयले नदीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक बोगटीको शव बगेको स्थानबाट ४ सय मिटरको दुरीमा भेटिएको छ।
उनी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
