सेती नदीमा बगेर युवकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी : डोटीस्थित सेती नदीमा बगेर एक युवकको ज्यान गएको छ। जिल्लाको शिखर नगरपालिका-२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार शनिबार दिउँसो करिब २ बजेको समयमा उनको नदीमा शव फेला परेको हो। स्थानीयले नदीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
लोक कल्याणकारी विज्ञापन

त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक बोगटीको शव बगेको स्थानबाट ४ सय मिटरको दुरीमा भेटिएको छ।
उनी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

