स्वास्थ तथा सरसफाइ

जाडो मौसममा शरीर तातो बनाउन खानुहाेस् यी खाने कुरा

बिज्ञापन

काठमाडौं । जाडो मौसम शुरु भएसँगै शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ ।

बिज्ञापन

चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुन थाल्छ ।

चिसो मौसमका उपयुक्त खाना
चिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ । छोटो दिन रहने चिसो मौसममा धेरैको बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन ।

चिसो हुने हुँदा लामो समय ओछ्यानमै बस्ने शरिरलाई चाइने पर्याप्त पानी नपिउने र व्ययाम नगर्ने गर्नाले शरिरकमजोर हुनुका साथै अल्छिपन बढ्ने हुन्छ । त्यसैले चिसो मौसममा बिहान सकेम्म छिटो उठ्ने रधेरै पटक खानेकुरा खाइरहने गर्दा शरिरमा तातोपन बढ्छ । खानेकुरा खाँदा शरिरमा पाचनक्रिया नियमित हुने र तापक्रम बढ्छ । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

मह
जाडो महिनामा नियमित रूपमा महको सेवन गर्ने हो भने यसले रुघा र खोकी लाग्न दिँदैन । त्यसैले चिसो मौसममा बिहान एक चम्चा मह अनिवार्य रूपमा खानु राम्रो मानिन्छ ।

सख्खर
चिसो मौसममा सख्खरको सेवन गर्ने हो भने यसले शरीरमा गर्मी पैदा गर्छ । सख्खरको सेवनले शरीरको मेटाबोलिजमलाई राम्रो गर्छ । पाचन क्रियालाई राम्रो गर्न पनि सख्खरको सेवन गर्नु राम्रो मानिन्छ । सख्खरमा आइरनको मात्रा प्रचुर हुने हुनाले यसले एनिमियाको समस्या पनि हुन दिँदैन ।

तुलसी र अदुवा
चिसो मौसममा तुलसी र अदुवाको चिया बनाएर सेवन गर्दा शरीरलाई धेरै नै राम्रो गर्छ । यदि चियाको रूपमा खान मन लाग्दैन भने यसलाई चपाएर पनि खान सकिन्छ । यसको नियमित सेवनले चिसो मौसममा रुघा खोकी लाग्नबाट शरीरलाई बचाउने काम गर्छ ।

तिल
चिसो मौसममा तिलको सेवन गर्ने हो भने यसले हाम्रो शरीरमा गर्मी पैदा गर्छ । तिलमा मोनो-स्याचुरेटेड फ्याट्टि एसिड र एन्टि ब्याक्टेरियल मिनरल्स पाइने हुनाले चिसो मौसममा तिलको सेवन गर्दा धेरै किसिमको फाइदा हुन्छ ।

बदाम
चिसो मौसममा बदामको सेवन अनिवार्य रूपमा गर्नु फाइदाजनक मानिन्छ । बदाममा प्रोटिन र शरीरलाई फाइदा गर्ने चिल्लो पदार्थ, धेरै किसिमका भिटामिन र मिनरल्सहरु पाइन्छ । बदाममा म्याग्नेसियम, भिटामिन इ र फस्फोरस पनि पाइन्छ । बदामको सेवनले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्ने हुनाले मुटुका समस्या भएका व्यक्तिलाई चिसो मौसममा हुने मुटुका समस्याबाट पनि जोगाउन पनि मद्दत गर्छ ।

ड्राईफ्रुट्स
चिसो मौसममा ड्राईफ्रुट्सको सेवन पनि शरीर र स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । विभिन्न किसिमका ड्राईफ्रुट्सको सेवनले शरीरलाई गर्मी र शक्ति पैदा गर्न महत्त्वपूर्ण मानिन्छ ।

छोकडा
छोकडाको प्रभाव गर्मी पैदा गर्ने हुन्छ । यदि चिसो मौसममा यसको सेवन गर्ने हो भने यसले शरीरमा भित्रैबाट गर्मी पैदा गर्छ । त्यसैले चिसो मौसममा यसको सेवन गर्नुलाई राम्रो मानिन्छ । छोकडामा भिटामिन ए र बि प्रशस्त मात्रामा पाइन्छ । यसमा फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको मात्रा पनि धेरै हुनाले यसको फाइदा धेरै रहेको छ ।

गाजरको खिर/हलुवा
जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदा“, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ ।

हरियो सागपातको धेरै प्रयोग
चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

सुत्नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

भिटामिनको भरपुर प्रयोग
खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।

बेलुकाको खाना छिटै खाने
जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

बिज्ञापन