स्वास्थ तथा सरसफाइ

विद्यार्थीहरुद्वारा टीकापुर पार्कको सरसफाई

बिज्ञापन

टीकापुर, २४ मंसीर । विद्यार्थीहरुद्वारा टीकापुर पार्कको सरसफाई गरिएको छ । टीकापुर पार्क नेपाल कै उत्कृष्ट एउटा नमुना पार्क भएर पनि त्यसको राम्रोसंग सरसफाई हुन नसकेकोे कारण पार्कभित्र थुप्रै ठाउँमा पिकिनिक मनाउनेहरुले फोहोर फालेका थिए जसको मैनादेवी फाउण्डेशन र टीकापुर नगरपालिकाको मार्ग दर्शनमा हिजो कर्णाली मावि र खड्ग स्मृति माविका विद्यार्थीहरुद्वारा सरसफाई गरिएको थियो ।

बिज्ञापन

मैनादेवी फाउण्डेशन र टीकापुरको संयुक्त आयोजनामा टीकापुर क्षेत्रमा करिब एक हप्तादेखि सरसफाई अभियान गर्दै आइएको छ । त्यसैक्रममा हिजो टीकापुर पार्कको सरसफाई कार्यक्रमको आयोजना गरेर पार्कलाई सुन्दर र आकर्षक पारिएको थियो ।

अहिले टीकापुर पार्कमा संयौंको संख्यामा पर्यटकहरु टीकापुुर पार्क घुम्न र पिकनिक मनाउन आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसलाई व्यवस्थित, सुन्दर, आकर्षक र सरसफाईकम सम्बन्धित निकायले विशेष ध्यान दिन र आउने पर्यटकहरुलाई पनि फोहोर नफाल्न दिन विशेष निगरानी गर्नु पर्ने देखिन्छ ।

बिज्ञापन