घटना

धनुषामा बन्चरोले हानेर सुतिरहेकी श्रीमतीको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

अन्दाजी ३५ वर्षीय वीरेन्द्र यादवले आइतबार मध्यरात श्रीमती २७ वर्षीया रितादेवी यादवलाई सुतेकै ठाउँमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । वीरेन्द्रलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

बिज्ञापन

बञ्चरो आक्रमणबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या अस्पताल लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी प्रदीप क्षेत्रीले श्रीमतीको हत्या गरेका श्रीमान् वीरेन्द्रलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।