आस्था /आध्यात्मसुदूरपश्चिम प्रदेश

लम्कीको मोतीपुरमा क्षमायाचना दिवस मनाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २६ मंसीर । लम्कीको मोतीपुरमा एक विशाल सत्संगको आयोजनागरि मंसीर २४ गतेका दिन क्षमायाचना दिवस मनाईएको छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भन्नुभयो कि आज अनेकौं धर्म ग्रन्थहरुमा ईश्वरका अनेकौ रुपहरुको उल्लेख गरिएको पाईन्छ । हिन्दू, मुस्लिम, सिख, ईसाई, बुद्ध आदि धर्मावालम्बिहरुले अनेकौं छुट्टा–छुट्टै नामले पुकार्ने गर्दछन् । तर संसारमा ईश्वर केवल एक छ, नाम अनेक अनेक छन् । प्रत्येक युगमा सत्गुरु साकार रुप लिएर प्रकट हुने गर्दछ । सत्गुरुले पनि यस निराकारकै साकार रुप धारण गरेर परमात्मा–ईश्वरको सन्देश मानव मात्रलाई लिएर प्रत्येक युगमा कल्याण गरेको छ । त्यसैले निराकार सर्वव्यापी रहेको छ । यो नभएको कुनै ठाउँ छैन् । यस निराकारको आधार लिएर जोपनि कार्य गरौं, त्यो फलिभूत हुन सक्छ । जहिले पनि निराकारको आधार लिएर हाम्रो जीवनलाई हामी गुरमतमा ढालौं ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो, हामी आफ्ना विभिन्न कामहरुलाई थाती राखेर, स–साना बालबालिकाहरुलाई गोदमा लिएर सत्संगतिर दौडी रहेका हुन्छौ मानव योनि सफल पार्न । चौरासी लाखयोनि काटेर बल्ल मानव योनि पाएका छौ । यो मानव योनि केका लागि पाएका हौ केवल पढेर ठुलो मान्छे बन्नको लागि, धेरै धन–सम्पत्ति आर्जन गर्न, पुत्र–परिवार जन्माउनको लागि अर्थात यश–आरामको लागि मात्र यो मानव योनि हामीले पाएका होइनौं । आज पुत्र–परिवार, धन–सम्पत्ति–महल भएको मान्छे आज कतै सुखी छैन । उसलाई झन्–झन् तृष्णाको आगोले पिरोलेको हुन्छ । उसको चहाना बढ्दै जान्छ तर कहिल्यै तृप्ति हुँदैन । उसलाई कहिल्यै शान्ति प्राप्त हुन सक्दैन । शान्ति प्राप्त हुने ठाउँ केवल सत्संग हो । आज हामीले सत्संगमा आएर सुखको सागरलाई प्राप्त गरेका छौ । सत्गुरुबाट ब्रम्हज्ञान लिनुभन्दा पहिले हामीले जसको पूजा गरिरहेका थियौं, त्यसलाई जानेका थिएनौ, केवल नामको मात्र पूजा गरिरहेका थियौं तर आज हामीमाथि गुरुको कृपा भएर साक्षात ईश्वरको दर्शन गराउनुभयो । त्यसैले हामीले जसको पूजा गरिरहेका छौ त्यसलाई जान्नु आवश्यक छ तब मात्र हाम्रो भक्ति सार्थक हुन जान्छ । संसारमा आएर कर्म गर्नुको साथै परमात्मालाई जानेर भक्ति गर्नु पनि आवश्यक छ । जसको कारण हामी हिडीरहेका छौ, जसको कारण यो सृष्टि संचालन छ, मानव योनिमा आएर त्यसलाई जान्नु जरुरी छ । प्रकृति परिवर्तन छ, त्यो परमात्मा हुन सक्दैन, किनभने परमात्मा परिवर्तन हुन सक्दैन, त्यसको जानकारी आज हामीलाई सत्गुरुले गराउनुभयो ।

उहाँले आज सत्गुरुले ज्ञान दिने तरीकालाई वैज्ञानिक तवरबाट सम्झाउनु भएको बताउनु भयो । उहाँले ज्ञान दिदा फर्मुला पनि दिएको बताउँदै त्यसको कसरी प्रयोग गरिएको छ विस्तृत रुपमा उल्लेख गर्नुभयो । हामी सबैको गुरु सत्गुरु हुनुहुन्छ, तन, मन, धन निराकारको देन हो, निराकारकै मानेर त्यसको प्रयोग गर्ने, तन, मन, धनको अभिमान नगर्ने । जातपात, वर्ण, आश्रमको अभिमान नगर्ने, कसैको खान–पान, रहन–सहनको निन्दा नगर्ने, गृहस्थ धर्म पालन गर्ने, भेषधारी साधु बनेर समाजको बोझ नबन्ने, सत्गुरुको आदेश बिना ज्ञान नभन्ने आदि पाँच प्रणलाई सरता पूर्वक सम्झाउनुभयो । त्यस्तै ५ ‘पी’ को बारेमा पनि विस्तृत रुपमा सम्झाउनुभयो । उहाँले ज्ञान लिनु आवश्यक रहेको बताउँदै ज्ञान बिना जीवन अधुँरो छ । ज्ञानबाट नै मानव योनिको मोक्ष सम्भव छ, उहाँले सम्झाउनु भयो ।

क्षमायाचना सत्संग कार्यक्रममा बल बहादुर रावल, केन्द्रीय सदस्य देवराज रिमाल, ज्ञान प्रचार नवल सिंह बोहरा, गायक तेज बोहरा, मिना, टीकाराम, भारु, भक्त रावल, जानकी, रण बहादुर भण्डारी, धरम, लोकेश, मञ्जु रेग्मी, आरती, टेक, माया, जमुना, पार्वती, आशा, प्रमान्द, खगेन्द्र, रोशन टमट्टा, गायक इन्द्र सिंह, गायक प्रेम एवं साथी, चिरंजीवी रावल, रमेश जैसी आदिले गीत तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।