सुदूरपश्चिम प्रदेश

भूकम्पपछि रित्तिँदै सुदूरका गाउँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भूकम्प गएको एक महीनासम्म पनि राहत तथा पुनःस्थापनाको काम नभएपछि खाद्यान्नको अभाव, चिसोमा पालमूनिको कष्टकर दैनिकबाट निरास डोटी र अछामका पीडित परिवार गाउँ छोडेर भारत तथा तराईतिर बसाइ सर्न थालेका छन्।

भूकम्पले घर भत्किएपछि एक महीनादेखि पालमूनि बस्दै आएका अछामको साँफेबगर नगरपालिका-७, रेनीकोटका भीमबहादुर कार्कीको परिवारका सदस्य बिरामी परे। तीन महीने छोरी सिकिस्त भएपछि बयलपाटा अस्पताल त लगे, तर चिकित्सले बचाउँन सकेनन्।

बिज्ञापन

“निमोनिया भएछ, औषधि त खुवाइ रहेका थिए,” अस्पताल सञ्चालन गरिरहेको न्याय हेल्थ नेपालका कर्मचारी धर्म कडायतले भने, “चिकित्सकले सक्दो प्रयास गरेका थिए, तर उपचारका क्रममा ज्यान गयो।”

तीन महीने बालिकाको चिसोले ज्यान गएपछि कार्की परिवार त शोकमा डुबेकै छ, छरछिमेकी पनि डराएका छन्। भूकम्पले घर भत्किएपछि पालमूनि बस्दै आएका पीडित परिवार चिन्तित बनेका छन्।

साँफेबजार-१२, खप्तड पुत्रुका दलबहादुर भूल भने सात जनाको परिवार सहित भारत जाने तयारीमा छन्। किनकि, उनका छोराछोरी पनि चिसोले विरामी परेका छन्, खानलाउन समस्या भएको छ भने चिसोमा छोराछोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ। “महिना दिनदेखि पालमा छन्। छोराछोरी पनि चिसोले विरामी भएका छन,” उनका छिमेकी गोम रावलले भने, “आम्दानी छैन,  कतैबाट सहयोग पाएका छैनन्। चिसोमा ज्यान फाल्नुभन्दा त विदेश जान ठिक भनेर परिवारसहित भारत जाँदै छन्।”

राम्रोसँग बोल्न पनि नसक्ने भूल घर बनाउने पैसा कमाएपछि मात्रै घर फर्किने निर्णयमा पुगेका छन्। कात्तिक २२ र २३ गते गएको भूकम्पले उनको घर भत्किएको छ। दुई दिन लगातार गएको भूकम्पले अछाम र डोटीका जनधनको क्षति पुगेको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका तथा अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा ६ जनाको मृत्यु भयो। मृत्यु हुने सबै पूर्वीचौकी गाउँपालिका-३, गैरागाँउका छन्। घर भत्किँदा १० जना घाइते भए।

त्यस्तै, भूकम्पले साँफेबगरका १४ वटै वडाका ९० प्रतिशत घरमा क्षति पुगेको नगरपालिका कार्यालयले जनाएको छ। प्रत्येक वडामा कम्तिमा २० घरमा पूर्ण क्षति भएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।